दाङ । प्यूठानको स्वर्गद्धारी नगरपालिकाका उपमेयरको सडक दुर्घटनामा ज्यान गएको छ ।
स्वर्गद्धारी नगरपालिकाका वडा नम्वर २ बाङ्गेसल्लामा उनी सवार लुम्बिनी ०१-००१ झ नम्वरको सरकारी गाडी दुर्घटना भएको थियो । उपमेयर आफैँले गाडी झन्डै सडकबाट करिब ४०० मिटर तल खसेको स्थानीयले राजेश गिरीले जानकारी दिएका छन् ।
प्रहरी घटनास्थल पुग्दै छ । दुर्घटनाको थप विवरण आउन बाँकी छ ।

Screenshot






