काठमाडौँ । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले महोत्तरीको सोनमा गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृतविरुद्ध घुस लिएको अभियोगमा विशेष अदालतमा मुद्दा दायर गरेको छ।

आयोगका अनुसार प्रमुख प्रशासकीय अधिकृत श्रीदेव यादवले सडक ढलान योजनाको कार्य सम्पन्न भइसकेपछि भुक्तानी दिने क्रममा विभिन्न बहाना बनाई सेवाग्राहीसँग रु ७२ हजार घुस लिएको अभियोग लगाइएको छ।
आयोगको बर्दिबासबाट खटिएको टोलीले यादवलाई सेवाग्राहीसँग घुस लिँदै गरेको अवस्थामा नियन्त्रणमा लिएको थियो। पक्राउपछि आवश्यक अनुसन्धान सम्पन्न गरी उनलाई मुद्दा दायर गरिएको अख्तियारले जनाएको छ। महोत्तरी प्रधानमन्त्री बालेन शाहको गृहजिल्ला हो ।
आयोगले यादवविरुद्ध बिगोअनुसार कैद सजायको माग गर्दै विशेष अदालतमा अभियोगपत्र दायर गरेको छ।





