काठमाडौं । नेपाल यातायात व्यवसायी राष्ट्रिय महासंघले सुरेस हमाललाई सल्लाहकारमा मनोनीत गरेको छ । महासंघको कार्यकारिणी समितिले हमाललाई सल्लाहकारमा मनोनीत गरेको अध्यक्ष सरोज सिटौलाले जानकारी गरेका छन् । हमाल दाङको त्रिशिद्वेश्वरी यातायात प्रालिका अध्यक्ष हुन् । उनी यसअघि महासंघको उपमहासचिव भइसकेका छन् ।







