काठमाडौं । रास्वपाको पदाधिकारीमा सशक्त दावेदार रहेका दिपक बोहरा रेसबाट रिङ आउट भएका छन् ।

सभापति रवि लामिछानेका अतिप्रिय पात्र बोहरा खुल्न्द्यखुल्ला सदस्यबाट पछि हटेर भूगोलतिर झरेपछि उनी पदाधिकारीको रेसबाट आउट भएका हुन् । रास्वपाको बिधान अनुसार पदाधिकारी पहिले हुन खुल्ला केन्द्रीय सदस्यमा निर्वाचित हुनुपर्छ । भूगोलबाट निर्वाचित केन्द्रीय सदस्यलाई पदाधिकारी हुन बन्देज गरिएको छ । पहिले खुल्ला केन्द्रीय सदस्यमा उमेद्वारी दिएका उनी पराजय हुनसक्ने भयले भूगोलतिर झरेको उनी निकट एक नेताले जानकारी दिएका छन् ।
बोहरा महामन्त्री वा सहमहामन्त्रीमा भीड्ने तयारीमा थिए । अब उनी केन्द्रीय सदस्यमा मात्रै सीमित हुनेछन् । रास्वपा स्रोतका अनुसार रविका अर्का विश्वास पात्र प्रमोद न्यौपानेसँग शीत युद्व छ । प्रमोद भने खुल्ला केन्द्रीय सदस्यमै चुनाव लडेका छन् । न्यौपानेलाई सभापति लामिछानेले प्रवक्तामा मनोनीत गर्ने सम्भावना प्रबल छ ।





