दाङ । दाङ जिल्ला खेलकुद विकास समितिका अध्यक्ष पदमा नियुक्त भएका विवेक श्रेष्ठलाई नगर खेलकुद विकास समिति घोराहीद्वारा स्वागत, सम्मान तथा बधाई कार्यक्रम गरेको छ।

नगर खेलकुद विकास समिति घोराहीका संयोजक नरेन्द्र पुनको अध्यक्षतामा भएको कार्यक्रममा खेलकुद क्षेत्रसँग सम्बन्धित विभिन्न व्यक्तित्वहरूको सहभागिता रहेको थियो। कार्यक्रममा नवनियुक्त अध्यक्ष श्रेष्ठलाई खादा, अबिर तथा सम्मानपत्रद्वारा सम्मान गर्दै सफल कार्यकालको शुभकामना व्यक्त गरिएको थियो।
कार्यक्रममा बोल्दै वक्ताहरूले दाङ जिल्लाको खेलकुद विकास, खेलाडी उत्पादन तथा खेल पूर्वाधार निर्माणमा अध्यक्ष श्रेष्ठको नेतृत्व महत्वपूर्ण हुने विश्वास व्यक्त गरेका थिए। साथै खेलकुद क्षेत्रको समग्र विकासका लागि सबै पक्षबीच सहकार्य आवश्यक रहेको धारणा राखिएको थियो।
नवनिर्वाचित अध्यक्ष विवेक श्रेष्ठले आफूलाई दिएको सम्मानप्रति धन्यवाद व्यक्त गर्दै जिल्लाको खेलकुद क्षेत्रलाई थप उचाइमा पुर्याउन प्रतिबद्ध भएर काम गर्ने बताएका थिए।





