प्युठान । पौडी खेल्ने क्रममा डुबेर एकजनाको मृत्यु भएको छ ।

प्युठान नगरपालिका-१ खैराका १४ वर्षीय बालक नोबेल आचार्यको झिमरुक खोलामा पौडी खेल्नेक्रममा डुबेर शनिबार मृत्यु भएको जिल्ला प्रहरी कार्यालय प्युठानका सूचना अधिकारी प्रहरी निरीक्षक हरी भट्टराईले जानकारी दिए । उनका अनुसार पौडी खेल्दैगर्दा डुबेर अचेत भएका बालकको उपचारका क्रममा प्युठान अस्पताल बिजुवारमा मृत्यु भएको हो ।





