काठमाडौं । सर्वोच्च अदालत प्रशासनले कायममुकायम प्रधानन्यायाधीशको आदेशसमेत लत्याएर न्याय सम्पादनमा अवरोध पुर्याएको भन्दै नेपाल बार एसोसिएसनले ‘लालटिन’ बालेर न्याय खोज्ने सांकेतिक आन्दोलन गरेको छ।

नेपाल बारको प्राङ्गणमा लालटिन बालेर ‘न्याय, विवेक र स्वच्छ प्रक्रिया’ को खोजी गरिएको बारका महासचिव वरिष्ठ अधिवक्ता केदारप्रसाद कोइरालाले बताए।
कामु प्रधानन्यायाधीशको न्यायिक आदेशलाई प्रशासनिक कर्मचारीले चुनौती दिएको भन्दै बारले विरोध जनाएको हो।
यसअघि नेपाल बारले सर्वोच्च प्रशासनको पछिल्लो कार्यशैलीप्रति ५ बुँदे असहमति जनाएको थियो।





