काठमाडौं । काठमाडौंबाट रसुवा जाँदै गरेका एक युवक ४३ हजार अमेरिकी डलरसहित पक्राउ परेका छन् ।

आज बिहान रसुवाको उत्तरगया गाउँपालिका–५, बेत्रावती बजारस्थित पासाङल्हामु सडकखण्डबाट प्रहरीलेयुवकलाई समातेको हो । पक्राउ पर्नेमा धादिङको गंगाजमुना गाउँपालिका–५, घर भएका ३७ वर्षीय सुशिल गुरुङ छन् ।





