काठमाडौं । प्रहरीले गोली हानेर एक पूर्वप्रहरीलाई पक्राउ गरेको छ ।

आँखामा खुर्सानीको धुलो छर्केर लुटपाट गरेको आरोपमा काठमाडौंको बुढानीलकण्ठ नगरपालिका–१ सिमली गाउँका ४० वर्षीय गणेश कार्कीलाई प्रहरीले गोली हानेर समातेको हो । काठमाडौं महानगरपालिका–१६ सुकेधारास्थित एक व्यक्तिको आँखामा खुर्सानीको धुलो फालेर सुनको सिक्री र मोबाइल लुटपाट गरी फरार उनलाई खोज्नेक्रममा जडीबुटीस्थित मनोहरा खोला करिडोरबाट नियन्त्रणमा लिएको प्रहरीले जनाएको छ । उनी पूर्वप्रहरी हुन् ।





